शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दिमागमा योजना नभएका नेताको पार्टीमा काम छैन : उपमहासचिव शर्मा

मङ्गलबार, ०५ भदौ २०८०, २१ : ०६
मङ्गलबार, ०५ भदौ २०८०

भक्तपुर । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले  डायरीमा काम गर्ने रुटिन र दिमागमा योजना नभएको नेता कार्यकर्तालाई माओवादीमा सजिलो नहुने बताएका छन् ।  उनले नेता कार्यकर्ताले आफूलाई समयसँगै अपडेट नगरे 'आउट डेटेड' हुने बताए ।  

भक्तपुरको ठिमीमा मंगलवार 'जनतासँग माओवादी विशेष रूपान्तरण अभियान' कार्यक्रममा बोल्दै शर्माले माओवादीले आगामी विशेष अधिवेशनबाट नेता कार्यकर्ता छान्ने कुरालाई व्यवस्थित गरिने बताए । कार्यकर्ताको मन नजिती नेता हुने परिपाटीको  अन्त्य हुने भन्दै उनले जनतामा जान सुझाव दिए  । 

बागमती प्रदेशको इन्चार्ज समेत रहेका शर्माले समय बदलिएको तर नेता कार्यकर्तामा परिवर्तन नआएको बताए ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप