सत्ता गठबन्धनले बारम्बार संविधान मिचेको छ : खनाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले संविधान उल्लङ्घन गरेको कुराको शिकार नेकपा (एकीकृत समाजवादी) बन्नु नहुने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित पार्टी स्थापना दिवसको अवसरमा एक कार्यक्रममा बोल्दै खनालले संविधानको रक्षा गर्ने भन्ने गठबन्धनले बारम्बार संविधान मिचिरहेको बताएका हुन् ।
उनले कोशी प्रदेशबारे सर्वोच्च अदालतले दुई पटकसम्म संविधान विरोधी काम हो भन्दै गर्दा पार्टीको धारणा के हो ? भन्दै प्रश्नसमेत गरे । उनले, ‘हामी संविधानको रक्षा गर्ने भन्छौँ तर संविधानको रक्षा गर्ने भन्ने हाम्रो यो गठबन्धन छ, त्यही गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लङ्घन गरिरहेको छ भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ । कोशीमा त दुई पटक संविधानको उल्लङ्घन भयो भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ । हाम्रो पार्टीले कस्तो धारणा राखिरहेको छ ? हाम्रो पार्टी क्लियर हुनुपर्छ । हामी गठबन्धनको नाउँमा उनीहरूले गरेका गलत कामको शिकार हुनु हुँदैन । हाम्रो पार्टीले आफ्नो स्वतन्त्रतालाई कायम गर्नुपर्छ । त्यसो गरे मात्रै पार्टी स्थापनाको महत्त्व हुन्छ ।’
पूर्वप्रधानमन्त्री खनालले आफ्नो पार्टी देशको सबैभन्दा ठुलो पार्टी बन्न सक्ने सम्भावना भएको पार्टी रहेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण