शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

समाजको जुनसुकै क्षेत्रमा दलाल पुँजीवाद हाबी छ : झलनाथ खनाल

आइतबार, १० भदौ २०८०, १४ : ०८
आइतबार, १० भदौ २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली समाजको जुनसुकै क्षेत्रमा दलाल पुँजीवाद हाबी भएको बताएका छन् । 

आइतबार पार्टी पत्रकारहरूको संस्था निकट समाजवादी प्रेस सङ्गठनको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा दलाल पुँजीवाद हर क्षेत्रमा हाबी हुँदा भ्रष्टाचार सङ्कट बढ्दै गएको बताए । 

‘नेपाली जनताले विश्वास गरेर २०७४ को निर्वाचनमा वामपन्थीहरूलाई दुई तिहाइ मत दिए पनि त्यसपछि बनेको सरकारले जनभावनाअनुसार काम गर्न नसेको मात्रै होइन । संसद नै विघटन गरेपछि अस्थिरता सुरु भएको छ’, उनले त्यसपछि भएको निर्वाचनमा कुनै पनि पार्टीले बहुमत ल्याउन नसकेको भन्दै अगाडि भने, ‘यो जनतामा देखिएको चरम असन्तुष्टि हो ।’

उनले देश अप्ठेरो अवस्थाबाट गुज्रिरहेको भन्दै यो एक किसिमको राजनीतिक सङ्कटका रूपमा रहेकाले पुँजीवादी शक्तिको जोडले बनाएका पद्धतिलाई बदल्न जरुरी रहेको बताए । उनले भने, ‘जस्तो निर्वाचन प्रणाली नबदली हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप