आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सिटीको शतप्रतिशत नतिजा कायमै

आइतबार, १० भदौ २०८०, २१ : ०१
आइतबार, १० भदौ २०८०

म्यानचेस्टर । रोड्रीले खेलको अन्त्यतिर गोल गरेपछि यो सिजन प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शतप्रतिशत नतिजा कायम राखेको छ । आइतबार साँझ भएको खेलमा सिटी सेफिल्ड युनाइटेडविरुद्ध २–१ गोलले विजयी बनेको हो ।

३७ औँ मिनेटमा अर्लिङ हालन्ड पेनाल्टीमा चुकेपछि  पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६३ औँ मिनेटमा उनै हालन्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, ८५ औँ मिनेटमा जेयन बोगलले गोल फर्काएपछि खेल बराबरीमा सकिने अपेक्षा गरिएको थियो ।

यद्यपि, निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी छँदा रोड्रीले गोल गर्दै सिटीलाई महत्त्वपूर्ण ३ अङ्क दिलाए । तीन खेलपछि तीनैमा जीत हासिल गर्दै सिटी ९ अङ्कसहित लिग तालिकाको शीर्ष स्थानमा रहेको छ । 

सेफिल्ड भने अझै अङ्कविहीन बन्दै १७ औँ स्थानमा छ । आइतबार नै भएको अन्य खेलमा एस्टन भिल्लाले बर्नलीलाई ३–१ गोलले पराजित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप