सिटीको शतप्रतिशत नतिजा कायमै
म्यानचेस्टर । रोड्रीले खेलको अन्त्यतिर गोल गरेपछि यो सिजन प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शतप्रतिशत नतिजा कायम राखेको छ । आइतबार साँझ भएको खेलमा सिटी सेफिल्ड युनाइटेडविरुद्ध २–१ गोलले विजयी बनेको हो ।
३७ औँ मिनेटमा अर्लिङ हालन्ड पेनाल्टीमा चुकेपछि पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६३ औँ मिनेटमा उनै हालन्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, ८५ औँ मिनेटमा जेयन बोगलले गोल फर्काएपछि खेल बराबरीमा सकिने अपेक्षा गरिएको थियो ।
यद्यपि, निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी छँदा रोड्रीले गोल गर्दै सिटीलाई महत्त्वपूर्ण ३ अङ्क दिलाए । तीन खेलपछि तीनैमा जीत हासिल गर्दै सिटी ९ अङ्कसहित लिग तालिकाको शीर्ष स्थानमा रहेको छ ।
सेफिल्ड भने अझै अङ्कविहीन बन्दै १७ औँ स्थानमा छ । आइतबार नै भएको अन्य खेलमा एस्टन भिल्लाले बर्नलीलाई ३–१ गोलले पराजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण