नेप्सेमा ५ अंकको सुधार, कारोबार रकम खुम्चियो
काठमाडौं । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.०९ अंकले बढेर बन्द भएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से परिसूचक २००९ अंकसम्म पुगेको थियो । त्यसपछिः नेप्सेको वृद्धि खुम्चिँदै परिसूचक ५ अंक बढेर १९९८ अंकमा पुगेर रोकिएको हो ।
०.२५ प्रतिशतले परिसूचक बढेपनि आज कारोबार रकम भने खुम्चिएको छ । आज नेप्सेमा ९८ करोड ८६ लाख रुपैयाँ बराबरको ३६ लाख ७० हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा आज ११८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १२ कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.३८ प्रतिशतले घटेको छ । परिसूचक सामान्य अंकले बढेपनि आज कारोबार भएका ९ समूहमा भने वृद्धि आएको छ । आज जलविद्युत १.८८, उत्पादनमूलक २.१५, लघुवित्त ०.२५ अंक र अन्य समूह ४.२५ अंकले घटेको छ ।
सबैभन्दा धेरै होटल र टुरिजम समूहमा ४५ अंकको सुधार आएको छ भने विकास बैंक समूहको २६ अंकले बढेको छ । यस्तै, जीवन बीमा समूह २४ अंक बढ्दा निर्जीवन बीमा समूह १४ अंकले बढेको छ । हिजो आइतबार नेप्से परिसूचक २० अंक घटेर १९९३ अंकमा आइपुगेको थियो ।
हिजो आइतबार नेप्सेमा १ अर्ब २६ करोड २७ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । यो आजको कारोबार मूल्यभन्दा २८ करोडले बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण