शान्त धरान, जातीय द्वन्द्वका संकेतहरु मत्थर
विराटनगर । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले सोमबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, ‘धरानमा शान्ति छ ! शान्ति विथोलिन कहिल्यै दिइने छैन ।’ नगर प्रमुख साम्पाङले लेखेजस्तै शनिबार निषेधाज्ञा जारी गरिएको धरान अहिलेसम्म शान्त छ । उग्र बन्दै गएको धार्मिक र जातीय द्वन्द्वका संकेतहरु मत्थर भइरहेका छन् ।
अहिले चर्को स्वरमा मानिसहरु सडकमा कराएको वा सामाजिक सञ्जालमा धरानकै विषयलाई लिएर भइरहेका चर्चा र बहस पनि सेलाउँदै गएको छ । ‘धरान शान्त छ । त्यहाँ परस्पर विवाद ल्याउने खालका कुनै गतिविधि भएको छैन,’ सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले भने, ‘आत्तिनुपर्ने कुनै अवस्था छैन ।’
उनले भनेजस्तै जातजाति र धर्मको विषयमा भइरहेका विवाद पनि शान्त भइरहेको छ । ‘अहिले त्यस्तो केही छैन, सहज अवस्था छ । धरानमा त्यस्तो हुनुपर्ने कारण पनि केही छैन,’ धरान उपमहानगरपालिका पूर्व प्रमुख तिलक राईले भने ।
दन्तकाली मन्दिरका पूजारी कमल भट्टराईले पनि अहिले अवस्था सामान्य रहेको बताए । ‘अब त्यही विवाद बल्झिने अवस्था देखिँदैन,’ उनले भने, ‘धरानमा केही घुसपैठ भएको थियो । तिनीहरु साइड लागिसके । अहिले शान्छ छ ।’
गत शनिबार कोशी प्रदेशमा मात्रै होइन, धरानले देशभरको ध्यान खिचेको थियो । गोरु काटेर मासु खाएको भन्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट भएपछि हिन्दूवादीहरु आक्रोशित बनेका थिए ।
प्रहरीले शनिबारको सम्भावित अप्रिय कदमलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा गरेको थियो । उक्त दिनको अवस्था त्रासमय जस्तो देखिए पनि अहिले त्यस्तो नरहेको स्थानीय बताउँछन् ।
विभिन्न हिन्दूवादी धर्मगुरुहरुले शनिबार धरान जाऔं भन्ने नारा लगाउँदै देशव्यापी आह्वान गरेका थिए भने केही आदिवासी जनजातिहरुले हिन्दूहरुले प्रदर्शन गरे प्रतिकार गर्ने चेतावनी दिएका थिए ।
त्यसपछि धरानको अवस्थालाई लिएर चिन्ता व्यक्त गरिएको थियो । यद्यपि स्थानीय प्रशासनले शनिबार दिनभर निषेधाज्ञा जारी गरेर अवस्थालाई सामान्य बनाएको थियो ।
प्रहरी प्रशासनले मोरङ, झापा, पहाडी जिल्ला धनकुटा लगायतका नाकाबाट प्रदर्शनमा आउन रोक लगाएको थियो । प्रशासनको आग्रहलाई मान्दै हिन्दूवादीहरुले पनि जबर्जस्ती गरेको देखिएन ।
प्रहरीले शनिबारको सम्भावित अप्रिय कदमलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा गरेको थियो । उक्त दिनको अवस्था त्रासमय जस्तो देखिए पनि अहिले त्यस्तो नरहेको स्थानीय बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण