नेपाली सेनाको डोल्पाका गुल्मपति अझै सम्पर्कमा आएनन्
सुर्खेत । आइतबार साँझदेखि सम्पर्कविहीन भएका नेपाली सेनाको डोल्पाका गुल्मपति विमल पण्डित अझै सम्पर्कमा आएका छैनन् । डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख पण्डित आइतबार अपराह्नपछि सम्पर्कविहीन भएका थिए ।
अपराह्न चार बजेपछि उनी सदरमुकाममा रहेको ब्यारेकबाट निस्किएका थिए । करिब एक घण्टा टाढा पर्ने त्रिपुराकोटसम्म पुग्दा सम्पर्कमै रहेका उनी त्यसपछि भने सम्पर्कविहीन बनेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले रातोपाटीलाई जानकारी दिए ।
एकाएक सम्पर्कविहीन भएपछि निरन्तर सम्पर्क गर्ने र खोजी कार्य जारी रहे पनि अहिलेसम्म सम्पर्कमा नआएको पोखरेलले बताए । ‘अहिलेसम्म पनि कुनै सम्पर्क हुन सकिरहेको छैन,’ उनले भने,‘ के कारणले उहाँ सम्पर्कविहीन हुनुभयो भन्ने पनि जानकारी पाउन सकिएको छैन ।’
पण्डित काठमाडौँको कागेश्वरी मनोहरा डाँछी निवासी हुन् । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार इभिनिङका लागि सेनाको टोली निस्किएको थियो । त्यसपछि पीओसोलाई भो पर्दैन भनेर फर्काएका थिए । केही अघिसम्म हिँडेर र त्यसपछि गाडी रिजर्भ गरेर त्रिपुराकोट लागेको कुरा बुझिएको पोखरेलले बताए । त्यसपछि उहाँ सम्पर्कमा छैनन् ।
‘पण्डितले पीओसोलाई छाडेको, गुल्मको आफ्नो गाडी नलिएर अर्को गाडी रिजर्भ किन छाड्नुभयो, हामी पनि अचम्ममा छौँ,’ उनले भने ।
परिवारबाट पनि त्यस्तो खालको समस्या भएको कुरा अहिलेसम्म नआएको पोखरेलले बताए । सोमबार पण्डितका जेठानले प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गरेका थिए । पोखरेल भन्छन्,‘ पारिवारिक समस्या भएको, त्यस्तो कुरा पनि उहाँका जेठानले सुनाउनुभएन । अन्य साथीहरूसँग पनि केही कुरा नभनेको देखिन्छ ।’
पोखरेलका अनुसार पण्डितको खोजतलासका लागि प्रहरी र नेपाली सेनाले सोमबारदेखि निरन्तर प्रयास गरिरहेका छ ।
मंगलबार बिहान पनि डीआईजीको टोली पुनः खोजी कार्यका लागि निस्किएको छ । साथै जिल्लाका नाकाहरुमा पनि निगरानी गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण
-
ओलीपछि लेखकले मागे जेनजी आन्दोलनसम्बन्धी आयाेगकाे प्रतिवेदन
-
यू–१९ एसीसी महिला प्रिमियर कप : पाख्रिनकाे कप्तानीमा नेपाली टाेलीकाे घोषणा
-
अफ्रिकी टिमहरू विश्वकप जित्न कति सक्षम छन् ?
-
वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान
-
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसै वर्ष स्वदेश फर्कन्छु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण