सुन प्रकरणमा संलग्न भएको प्रमाणित भए महरामाथि पनि कारबाही हुन्छ : उपमहासचिव शर्मा
मङ्गलबार, १२ भदौ २०८०, १९ : १३
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले इलेक्ट्रिक सिगरेट (भेप)मा लुकाएर सुन तस्करी गरेको आरोप प्रमाणित भए कृष्णबहादुर महरामाथि कारबाही हुने बताएका छन् । प्रेस सेन्टर नेपाल, मकवानपुरले मंगलबार हेटौंडामा गरेको कार्यक्रममा शर्माले उक्त अभिव्यक्ति दिएका हुन् ।
सुशासनको पक्षमा सरकार गम्भीर ढंगले अगाडि बढेको जिकिर गर्दै भ्रष्टाचार प्रकरणमा जोसुकै भएपनि कारबाही हुने उनले बताए ।
‘सुन प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ । यदि प्रमाण पुगेको खण्डमा कसैले पनि उन्मुक्ति पाउनुहुन्छ । तथ्य र प्रमाणले उहाँ पनि संलग्न रहेको रहेछ भने कारबाहीको दायरामा आउनुहुन्छ । तर प्रमाणविना कारबाही गर्न मिल्दैन’, उनले भने ।
उनले ललिता निवासदेखि सुन प्रकरणसम्म सरकारले गम्भीर भएर कामकारबाही अगाडि बढाएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण