आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सुन प्रकरणमा संलग्न भएको प्रमाणित भए महरामाथि पनि कारबाही हुन्छ : उपमहासचिव शर्मा

मङ्गलबार, १२ भदौ २०८०, १९ : १३
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले इलेक्ट्रिक सिगरेट (भेप)मा लुकाएर सुन तस्करी गरेको आरोप प्रमाणित भए  कृष्णबहादुर महरामाथि कारबाही हुने बताएका छन् । प्रेस सेन्टर नेपाल, मकवानपुरले मंगलबार हेटौंडामा गरेको कार्यक्रममा शर्माले उक्त अभिव्यक्ति दिएका हुन् । 

सुशासनको पक्षमा सरकार गम्भीर ढंगले अगाडि बढेको जिकिर गर्दै भ्रष्टाचार प्रकरणमा जोसुकै भएपनि कारबाही हुने उनले बताए । 

‘सुन प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ । यदि  प्रमाण पुगेको खण्डमा कसैले पनि उन्मुक्ति पाउनुहुन्छ । तथ्य र प्रमाणले उहाँ पनि संलग्न रहेको रहेछ भने  कारबाहीको दायरामा आउनुहुन्छ । तर प्रमाणविना कारबाही गर्न मिल्दैन’, उनले भने । 

उनले ललिता निवासदेखि सुन प्रकरणसम्म सरकारले गम्भीर भएर कामकारबाही अगाडि बढाएको जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप