आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
क्रिकेट

यी हुन् पाकिस्तानी क्रिकेट टिमको १० न्यून स्कोर : ४३ देखि १०२ रनभित्रै ‘अलआउट’

बुधबार, १३ भदौ २०८०, ११ : ०८
बुधबार, १३ भदौ २०८०

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । पाकिस्तानको मुल्तानमा प्रतियोगिताको पहिलो खेल अन्तर्गत नेपाल र पाकिस्तान प्रतिस्पर्धामा उत्रिन लागेका हुन् ।

पाकिस्तान एक दिवसीय क्रिकेटको विश्व वरीयतामा पहिलो स्थानमा छ भने नेपाल १५ औँ स्थानमा छ । यद्यपि, नेपाल र पाकिस्तानबिचको प्रतिस्पर्धालाई नेपाली क्रिकेटप्रेमीले निकै चासोका साथ हेरिरहेका छन् ।

तुलनात्मक रुपमा पाकिस्तानी टिम नेपालभन्दा निकै बलियो मानिए पनि क्रिकेटले कहिलेकाहीँ अप्रत्यासित नतिजा ल्याउने गर्दछ । इतिहास हेर्ने हो भने पाकिस्तान नै कयौं पटक निकै न्यून स्कोरमा समेटिएको छ ।

सन् १९९३ फेब्रुअरी २५ मा केपटाउनमा आयोजित खेलमा पाकिस्तानले एक दिवसीय क्रिकेटमा जम्मा ४३ रनमात्र बनाएको थियो । वेस्ट इन्डिजविरुद्ध ४३ रनमा समेटिएको पाकिस्तानको यो नै एक दिवसीय क्रिकेटमा सबैभन्दा न्यून स्कोर हो ।

सन् १९९३ जनवरी ९ मा ब्रिसबेनमा वेस्ट इन्डिजविरुद्ध नै पाकिस्तानले दोस्रो न्यून स्कोर बनाएको थियो । त्यतिबेला पाकिस्तान जम्मा ७१ रनमा सीमित भएको थियो ।

पाकिस्तानका लागि तेस्रो न्यून स्कोर सन् १९९२ मार्च १ मा बनेको थियो । एडिलेडमा इङ्ग्ल्याण्डविरुद्धको खेलमा पाकिस्तान ७४ रनमा सीमित भएको थियो । यस्तै, सन् २०१८ जनवरी १३ मा डुनेडिनमा न्यूजिल्याण्डविरुद्धको खेलमा पाकिस्तान जम्मा ७४ रनमै समेटिएको थियो जो पाकिस्तानका लागि चौथो न्यून स्कोरको रेकर्ड बन्यो ।

सन् २००९ मा घरेलु मैदान लाहोरमै पाकिस्तानले पाँचौँ न्यून स्कोर बनाउन पुग्यो । श्रीलंकाविरुद्धको खेलमा पाकिस्तान ७५ रनमा सीमित भएको थियो ।

यस्तै, सिडनीमा १९९२ डिसेम्बर १७ मा वेस्ट इन्डिजविरुद्धकै खेलमा पाकिस्तानले छैटौं न्यून स्कोरका रुपमा ८१ रन बनाएको थियो । सन् १९७८ मे २४ मा म्यानचेस्टरमा इङ्ग्ल्याण्डविरुद्ध पाकिस्तान ८५ रनमा सीमित भएको थियो भने शारजाहमा सन् १९८५ मार्च २२ मा भारतविरुद्ध पाकिस्तान जम्मा ८७ रनमा सीमित हुन पुगेको थियो ।

यसैगरी मोहालीमा सन् २००६ अक्टोबर २७ मा दक्षिण अफ्रिकाविरुद्धको खेलमा पाकिस्तान ८९ रनमा सीमित भएको थियो भने सन् २०१४ अगस्ट ३० मा श्रीलंकाविरुद्धको खेलमा पाकिस्तान १०२ रनमा सीमित भएको थियो ।

screencapture-espncricinfo-records-team-team-lowest-innings-totals-p

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप