नारायणकाजी श्रेष्ठले अघि सारे माओवादी विशेष अभियानका ५ कार्यभार
काठमाडौँ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तीन महिने अभियानबाट माओवादी केन्द्र शक्तिशाली बन्ने दाबी गरेका छन् । शनिबार ललितपुर महानगरपालिका–२८ हरिसिद्धिमा विशेष अभियानको उद्घाटन गर्दै उनले मंसिरमा हुने विधान सम्मेलनबाट र त्यसपछि हुने विशेष महाधिवेशनबाट माओवादी शक्तिशाली बन्ने दाबी गरेका हुन् ।
उनले अभियानको मुख्य कार्यभार ५ वटा भएको जानकारी दिए । त्यो कार्यभार शान्तिपूर्ण आन्दोलन र सरकार, संसद र सडक संघर्षबाट पुरा हुने उनले बताए । ‘हामीले ५ वटा कार्यभार पुरा गर्न तत्कालीन कार्यनीति र रणनीति बनाएका छौं’, उनले भने, ‘शान्तिपूर्ण तरिकाले अगाडि बढाउने र अर्को सरकार, संसद, सडक तीनवटै मोर्चाबाट संघर्षका लागि विशेष अभियान गरेको हो । यी सबै कार्यभार माओवादीले मात्र सक्छ ।’
व्यवस्था परिवर्तनको लडाईँ माओवादीले गरेकाले सामाजिक तथा आर्थिक रुपान्तरण पनि माओवादीले नै गर्ने उनको दाबी छ ।
यी हुन् पाँच कार्यभार :
१.राष्ट्रिय कार्यभारमा राष्ट्रिय स्वाधिनता, अखण्डता र राष्ट्रिय सुरक्षालाई बलियो बनाउने ।
२. संघर्षपछि प्राप्त उपलब्धीको रक्षा गर्नु हो । परिवर्तन पछिको उपलब्धि अपहरण र प्रहार गर्ने षड्यन्त्र भइरहेको उनको जिकिर छ ।
३.राजनीति परिवर्तनबाट प्राप्त उपलब्धिबाट सामाजिक–आर्थिक रुपान्तरण गर्नु । नागरिकको जीवनमा देखिने गरी परिवर्तन गर्नु । जनताले अपेक्षा गरेअनुसार उपलब्धि भएन, सुखी जीवनयापनका लागि तीव्र गतिमा विकासका कार्य अगाडि बढाउनु । देशमै श्रम र रोजगारीको सुनिश्चित गर्नु ।
४.शान्ति प्रक्रियालाई पुरा गर्नु । संक्रमणकालीन न्याय पुरा गर्न बाँकी छ । सत्यनिरुपण तथा बेपत्ता छानविन आयोगका काम पुरा गर्नु ।
५. समाजवादको आधार तयार गरी समाजवाद नेपाल निर्माण गर्नु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण