सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सुन पसलमा चोरी गर्ने एक जना पक्राउ

शनिबार, १६ भदौ २०८०, १६ : ४०
शनिबार, १६ भदौ २०८०

मोरङ । सुनवर्षी नगरपालिका-९ डाईनियास्थित मनिस ज्वेलर्सबाट सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा रतुवामाई नगरपालिका-५ बस्ने २२ वर्षीय सञ्जय पासवानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने ब्रिज लाल सोनारको उक्त ज्वेलर्सबाट शुक्रबार बिहान करिब ३ लाख ४७ हजार ८ सय ४० रुपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले चोरीमा संलग्न पासवानलाई सुनवर्षी नगरपालिका-९ डाईनियाबाट पक्राउ गरेको हो । साथै उनको साथबाट फलामको रड २ थान, फलामको कैँची र नियन्त्रित लागूऔषध नाईट्राभेट ३४ ट्याब्लेट समेत प्रहरीले बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप