बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

माथिल्लो मैलुङ खोलाको आईपीओ आज बन्द हुँदै, कति दिन पाइन्छ आवेदन ?

आइतबार, १७ भदौ २०८०, ११ : ३७
आइतबार, १७ भदौ २०८०

काठमाडौं । माथिल्लो मैलुङ खोलाको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन । कम्पनीले गत साउन ४ गतेदेखि भदौ १७ गते आइतबारसम्मका लागि आयोजना प्रभावित स्थानीय बासिन्दालाई लक्षित गर्दै जारी पुँजी १ अर्ब रुपैयाँको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको थियो । 

१०० रुपैयाँ अंकित मूल्यमा १० लाख कित्ता सेयर स्थानीयलाई जारी गरिएकोमा सोमध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. १ का बासिन्दालाई छुट्याइएको छ । 

त्यस्तै, २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाकै वडा नं. २, ३, ४ र ५ तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका अन्तर्गतका वडा नं. ५ का स्थानीयका लागि निष्कासन खुला भएको छ । 

यी क्षेत्र बाहेक रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानीय बासिन्दाका लागि पनि १ लाख ४२ हजार ८५० कित्ता सेयर जारी गरिएको छ । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप