कँडेल र रिजालले दर्ता गराए एमाले लुम्बिनीको अध्यक्षमा उम्मेदवारी
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । जारी एमाले प्रथम लुम्बिनी अधिवेशनमा दुई जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय कमिटी सदस्य हरि रिजालले उम्मेदवारी दर्ता गराएका छन् । कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् । यस्तै रिजालको प्रस्तावकमा विजयबिराज विष्ट र समर्थकमा बाला सिंह काउछा छन् ।
दुई पक्षबीच सर्वसहमतिका लागि लामो प्रयास भएपनि सहमति नभएपछि दुई जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । एमाले लुम्बिनी प्रदेश विभाग प्रमुख डीआर घिमिरेले अध्यक्षमा दुई जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिए । उनले निर्वाचन आयोगले भोलि सोमबार १० बजेसम्म मनोनयन गर्ने समय दिएकाले अरुको पनि उम्मेदवारी दर्ता हुनसक्ने बताए । सहमतिको विकल्प अझै नटुंगिएको दुवै नेताले बताएका छन् ।
कँडेल पार्टी उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् भने रिजाल महासचिव शंकर पोखरेल निकट मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण