सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

संविधानअनुसार बन्न बाँकी कानुन तदारुकतासाथ निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

सोमबार, १८ भदौ २०८०, १३ : ५६
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले संविधान अनुसार बन्न बाँकी १८१ वटा कानुनहरू तदारुकताका साथ निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 

सोमवार राष्ट्रिय सभा बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा बोल्दै उनले संविधान अनुसार बन्न बाँकी काूननहरुको निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । उनले कतिपय कानुनहरू संविधान बनेको ३ वर्षभित्रै बन्नुपर्ने भएपनि हालसम्म बन्न नसकेको भन्दै उनले यसले गर्दा सरकारप्रति आशङ्का उत्पन्न भएको बताए । उनले वर्तमान सरकारप्रति आदिवासी, जनजाति, दलित, मधेसी, महिला लगायत सम्पूर्ण उत्पीडित समुदायले आशाको दृष्टिले हेरेका उल्लेख गर्दै उनीहरूको आशा अनुरूप सरकारले काम गर्नुपर्ने बताए । 

उनले भने, संविधानमा बन्न बाँकी कानुनहरूमध्ये पनि तुरुन्तै बन्नुपर्ने, २÷३ वर्ष भित्रै बन्नुपर्ने स्पष्टसँग उल्लेख भएको कानूनपनि हामीले बनेको पाएनौँ । उदाहरणको लागि दलित सम्बन्धी कानुन । दलित सम्बन्धी कानुन २÷३ वर्षभित्र बन्नुपर्ने । त्यस्तै अन्य कानुनहरू पनि थिए तर त्यो कानूनपनि बनेन । दलित समुदाय त्यस्तै अन्य आदिवासी, जनजाति, मधेसी, महिला, मजदुर, किसान यी सबै बारेमा पनि बन्नुपर्ने कानुनहरू बनेनन् । यतिबेला उत्पीडित समुदायका जनताले प्रचण्डको नेतृत्वमा रहेको यो सरकारप्रति उत्पीडित, आदिवासी, जनजाति, दलित, मधेसी, महिला सम्पूर्ण उत्पीडित समुदायले बडा आशाको दृष्टिले हेरेका छन् । संवेदनशील, गम्भीर यो बारेमा सरकार सकारात्मक छ भन्ने उनीहरूको सोचाइ रहेको छ । यस्तो सरकार हुँदाखेरी पनि यसतर्फ तदारुकता नदेखिएको हुँदा, यसतर्फ पहलकदमी नभएको हुँदा के हो कसो हो भन्ने एक प्रकारको सोचाइ उनीहरूमा परेको छ । त्यस कारण सरकारको ध्यान संविधान अनुसार बन्न बाँकी जुन कानुनहरू छन्, १८१ वटा कानुनहरू बनाउन सरकारले तदारुकता देखाउने छ भन्ने अपेक्षा लिन चाहन्छौँ । प्रधानमन्त्रीलाई यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

उनले कानुन बनाउन सरकारले तुरुन्तै पहलकदमी लिनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप