कांग्रेसले बनायो ३८ सदस्यीय बीपी साहित्य महोत्सव मूल तयारी समिति
काठमाडौँ । नेपाली कांग्रेसले बीपी साहित्य महोत्सव मूल तयारी समिति गठन गरेको छ । पार्टीका सहमहामन्त्री बद्री पाण्डेको नेतृत्वमा ३८ सदस्यीय तयारी समिति गठन गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
कांग्रेसले भदौ २४, २५ र २६ गते हुने बीपी साहित्य महोत्सव सम्पन्न गर्न यसअघि नै सहमहामन्त्री पाण्डेलाई संयोजक तोकेको थियो ।
समिति सदस्यमा केन्द्रीय सदस्यहरु पुष्पा भुसाल, मीन विश्वकर्मा, डा. डिला संग्रौला, योगेन्द्र चौधरी, मधु आचार्य, मदनबहादुर अमात्य, अब्द्ल सत्तार, नैनसिंह महर, राजीव ढुंगाना, दिलमान पाख्रिन, प्रकाश रसाईली स्नेही, रंगमती शाही, हरिशरण नेपाली, प्रा. डा. गोविन्दराज पोख्रेल, नानु बास्तोला, नृपबहादुर बड, विद्यादेवी तिमल्सिना र सिता थपलिया रहेका छन् ।
यस्तै समिति सदस्यमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, काठमाडौँ जिल्ला सभापति कृष्ण बानिया र ललितपुर सभापति जीतेन्द्र श्रेष्ठ पनि रहेका छन् ।
समिति सदस्यहरुमा तिर्थबहादुर श्रेष्ठ, श्रवण मुकारूङ, नवराज लम्साल, डा. रत्नमणि नेपाल, शैलेन्द्र प्रकाश नेपाल, सन्ध्या पहाडी, सोझो गाउँले, मनोजमणि आचार्य, डिल्लीराम सुवेदी, प्रकाश लामिछाने, तिर्थबहादुर थापा, गोकुल लिम्बू, परसुराम पोखरेल, राजेन्द्र पराजुली र प्रताप पौडेल पनि रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण