एसिया कप क्रिकेट
वर्षाका कारण खेल रोकिएपछि भारतले जितका लागि पायो नयाँ लक्ष्य
सोमबार, १८ भदौ २०८०, २२ : २९
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको नेपालविरुद्दको खेलमा भारतले जितका लागि नयाँ लक्ष्य पाएको छ । वर्षाका कारण लामो समय खेल अवरुद्ध भएपछि भारतले जितका लागि २३ ओभरमा एक सय ४५ रन बनाउनु पर्ने लक्ष्य पाएको हो ।
यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा अलआउट हुनुअघि दुई सय ३० रन बनाएको थियो । त्यस आधारमा भारतले जितका लागि ५० ओभरमा दुई सय ३१ रन बनाउनुपर्ने थियो । तर जवाफी ब्याटिङमा ओर्लिएको भारतले २.१ ओभरमा कुनै विकेट नगुमाई १७ रन बनाएपछि वर्षा सुरु भएको थियो ।
त्यतिबेला भारतका शुभमन गिल अविजित १२ र कप्तान रोहित शर्मा अविजित चार रन बनाउँदै क्रिजमा थिए । त्यसपछि लामो समयसम्म वर्षाका कारण खेल अगाडि बढ्न सकेन । वर्षा रोकिएपछि भारतले डकवर्थ एन्ड लुइस नियमका आधारमा नयाँ लक्ष्य पाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण