एसिया कप क्रिकेट
वर्षाका कारण खेल रोकिएपछि भारतले जितका लागि पायो नयाँ लक्ष्य
सोमबार, १८ भदौ २०८०, २२ : २९

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको नेपालविरुद्दको खेलमा भारतले जितका लागि नयाँ लक्ष्य पाएको छ । वर्षाका कारण लामो समय खेल अवरुद्ध भएपछि भारतले जितका लागि २३ ओभरमा एक सय ४५ रन बनाउनु पर्ने लक्ष्य पाएको हो ।
यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा अलआउट हुनुअघि दुई सय ३० रन बनाएको थियो । त्यस आधारमा भारतले जितका लागि ५० ओभरमा दुई सय ३१ रन बनाउनुपर्ने थियो । तर जवाफी ब्याटिङमा ओर्लिएको भारतले २.१ ओभरमा कुनै विकेट नगुमाई १७ रन बनाएपछि वर्षा सुरु भएको थियो ।
त्यतिबेला भारतका शुभमन गिल अविजित १२ र कप्तान रोहित शर्मा अविजित चार रन बनाउँदै क्रिजमा थिए । त्यसपछि लामो समयसम्म वर्षाका कारण खेल अगाडि बढ्न सकेन । वर्षा रोकिएपछि भारतले डकवर्थ एन्ड लुइस नियमका आधारमा नयाँ लक्ष्य पाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा