विद्यमान ऐन नियममा सुधारसहितको कार्ययोजना बनाउन लेखा समितिको निर्देशन
काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बेरुजु फछ्र्यौट, विद्यामान ऐन नियममा सुधार र प्रतिबद्धतासहितको कार्ययोजना बनाउन सचिवालयलाई निर्देशन दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सभापति पोखरेलले यस्तो निर्देशन दिएका हुन् । सभापति पोखरेलले समितिको अर्को बैठकमा प्रस्तुत गर्ने गरी बेरुजु फछ्र्यौट, विद्यामान ऐन नियममा सुधार र प्रतिबद्धता सहितको कार्ययोजना बनाउन समिति सचिवलाई निर्देशन दिए । उनले सचिवालयले कार्ययोजना बनाउँदा समितिमा उपसमिति निर्माण गर्दा नीतिको आधारमा निर्माण गर्न गरी बनाउन आग्रह गरे ।
सभापति पोखरेलले उपसमितिमा तत्काल रिटायर्ड मन्त्री, लगातार एउटै उपसमितिमा बसेर काम गर्ने सदस्यहरु र पेसा व्यवसाय मिल्ने सांसदहरुलाई नराख्न आग्रह गरे । उनले समितिका २७ जना सांसदहरुले काममा गति दिनसके मात्रै समितिको काम प्रभावकारी हुनसक्ने बताए । उनले समितिले गर्ने निर्णयहरुमा सर्वसहमति गर्ने प्रयास गर्ने बताए । उनले समितिले तत्काल बेरुजु,महालेखा र लेखा उतरदायीहरुको बीचमा अन्तरसंवाद र लेखा समितिका सदस्यहरु र सचिवालयको क्षमता अभिवृद्धि गर्ने अनिवार्य आवश्यकता रहेको बताए ।
सभापति पोखरेलले समितिले तत्काल बेरुजु लगायतका विषयमा उपसमितिहरु बनाएर काम अगाडि बढाउने बताए । उनले समितिमा पर्ने उजुरीहरुको समितिमा छलफल हुने तर अध्ययन अनुसन्धान नगर्दा परिणाम आउन नसक्ने अवस्था रहेको भन्दै आगामी दिनमा समिति सदस्यहरुले अध्ययन गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण