मतगणना
एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतगणना सुरु
मङ्गलबार, १९ भदौ २०८०, १७ : ०७
बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको मतगणना सुरु भएको छ । प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि भएको निर्वाचन अन्तर्गत मतगणना सुरु भएको हो ।
प्रदेश कमिटीको अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् । पदाधिकारी र सदस्य गरी २०५ जनाको प्रदेश कमिटीका लागि ३६४ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । मंगलबार बिहान पौने ९ देखी सुरु भएको मतदान दिउसो ३ बजे सकिएको थियो । कुल एक हजार चार मतदाता मध्ये ९६५ जनाको मत खसेको थियो ।
उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र पूजन विश्वकर्माले उम्मेदवारी दिएका छन् । उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी परेको छ । सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण