बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

भारतविरुद्ध छक्का प्रहार गर्ने कुशल र सोमपाललाई नगद पुरस्कार प्रदान

बिहीबार, २१ भदौ २०८०, १७ : ३७
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेटमा भारतविरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई इन्स्पायर नोबल फाउन्डेसनले नगद पुरस्कार प्रदान गरेको छ । फाउन्डेसनले छक्का प्रहार गर्ने खेलाडीलाई दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो ।

एसिया कपमा भारतविरुद्धको खेलअघि फाउन्डेसनले छक्का प्रहार गर्नेलाई प्रति खेलाडी एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो । फाउन्डेसनले बिहीबार नेपाल खेलकुद पत्रकार मञ्चको रोहबरमा छक्का प्रहार गर्ने खेलाडी कुशल भुर्तेल र सोमपाल कामीलाई एक—एक लाख रुपैयाँ पुरस्कार प्रदान गर्‍यो । 

भारतविरुद्धको खेलमा कुशल र सोमपालले दुई—दुई छक्का प्रहार गरेका थिए । कुशल र सोमपाललाई फाउन्डेसनको तर्फबाट सुशील रेग्मीले चेक हस्तान्तरण गरेका थिए । फाउन्डेसनले भारतविरुद्ध छक्का प्रहार गर्ने तथा विकेट लिने प्रत्येक खेलाडीलाई नगदबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । 

इन्स्पायर नोबेल फाउन्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुले खोलेको संस्था हो । पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूहरुलाई थप हौसला मिलेको बताउँदै फाउन्डेसनलाई धन्यवाद दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप