बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

एसिया कप : भारत–पाकिस्तान खेलका लागि राखियो रिजर्भ डे

शुक्रबार, २२ भदौ २०८०, १६ : २८
शुक्रबार, २२ भदौ २०८०

काठमाडौँ । वर्षालाई ध्यानमा राख्दै एसियन क्रिकेट काउन्सिलले भारत–पाकिस्तान खेलको लागि रिजर्भ डे राख्ने निर्णय गरेको छ । यसको अर्थ अब यदि खेल १० सेप्टेम्बरमा पूरा भएन भने अर्को दिन अर्थात् सेप्टेम्बर ११ मा सम्पन्न हुनेछ ।

यो खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुने तय छ । कोलम्बोमा आगामी दुई साता भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो ।

यसबाहेक अन्य कुनै खेलमा वर्षा भए रद्द हुन सक्नेछ ।  एसिया कपको समूह चरणमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो ।

यस खेलमा भारतले पहिले ब्याटिङ गर्दै २६६ रन बनाए पनि वर्षाका कारण पाकिस्तानले ब्याटिङ गर्न पाएको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप