प्रधानमन्त्रीले दुवै छिमेकीसँग विश्वासको वातावरण बनाउनुपर्छ : परराष्ट्रविद् पाण्डे
काठमाडौँ । परराष्ट्रविद् रमेशनाथ पाण्डेले दुवै छिमेकी देशसँग विश्वासको सञ्चिति निरन्तर घट्दै गएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतवार आसन्न विदेश भ्रमणबारे सुझाव लिन बोलाएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले दुवै देशले नेपालप्रति विश्वास गर्न छोडिरहेको भन्दै प्रधानमन्त्रीले दुवै देशको विश्वास बटुल्ने काम गर्नुपर्ने बताए । उनले छिमेकी देशले कुटनीतिक रुपमा स्पष्ट गर्दागर्दै अब सार्वजनिक रुपमा व्यक्त गर्न थाल्नुले झनै चिन्ता थपिएको बताए ।
उनले भने, ‘नेपालको दुवै छिमेकी देशसँग विश्वासको सञ्चिति निरन्तर घट्दै गएको छ । दुवै देश हाम्रा छिमेकीले उनीहरुको चाहना सुरक्षित छैन भन्ने अनुभुति गरेका छन् । त्यसलाई उनीहरुले कुटनीतिक रुपमा स्पष्ट गर्दागर्दै अब सार्वजनिक रुपमा व्यक्त गर्न थालेका छन् । उनीहरुको व्यवहारबाट देखिन्छ । त्यसैले सहसचिव स्तरबाट हुनुपर्ने वार्ताका कुराहरु योजनाका कुरा गर्ने सट्टा प्रधानमन्त्रीजीले दुवै छिमेकीसँग विश्वासको वातावरण बनाउनुपर्छ ।’
परराष्ट्रविद् पाण्डेले सहसचिव स्तरबाट हुनुपर्ने वार्ता र योजनाका कुरा गर्ने सट्टा प्रधानमन्त्रीले दुवै छिमेकीसँग विश्वासको वातावरण बनाउनु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण