१० बुँदे स्वर्गद्वारी घोषणापत्र जारी गर्दै प्रेस युनियन लुम्बिनीको भेला सम्पन्न
बुटवल । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश भेला १० बुँदे स्वर्गद्वारी घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । जसमा पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र, निष्पक्ष पत्रकारितालाई आत्मसाथ गरिएको छ । समुन्नत समाज निर्माणका लागि पत्रकारिताको भूमिका बदलिँदै गरेको अवस्थामा समयानुकूल व्यवसायिक पत्रकारितालाई प्रवर्द्धन गर्नुपर्ने ठहर गरेको महासचिव नवीन गिरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, लुम्बिनी सञ्चार समन्वय परिषद् त्रुटिरहित तथा समावेशी ढंगले पुनःगठन र रजिष्ट्रारको नियुक्त गरी मिडियासम्बन्धी सबै काम सोही परिषदमार्फत् गर्ने व्यवस्था मिलाउन माग गरिएको छ । साथै, प्रदेश सञ्चार ऐन अपूर्ण र त्रुटिपूर्ण भएकाले संशोधन गर्न भनिएको छ ।
पत्रकारहरुको पेशागत सुरक्षाका लागि ध्यानाकर्षण गराउँदै पत्रकार बीमा, पत्रकार स्वास्थ्य बीमा जस्ता कल्याणकारी कार्यक्रमहरु लागू गर्न प्रदेश सरकार सक्षम माग गरिएको छ ।
लुम्बिनी प्रदेश सरकार र स्थानीय सरकारले वितरण गर्ने विज्ञापनको रकम वृद्धि गरी समानुपातिक वितरण प्रणाली अवलम्बन गर्न पनि माग गरिएको छ ।
नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण र नयाँ सदस्यता मापदण्डका सन्दर्भमा प्रेस युनियन लुम्बिनी पूर्ण रुपमा कार्यान्वयनको पक्षमा रहेको जनाइएको छ । तर, प्रदेशका केही जिल्लामा सांगठनिक पूर्वाग्रह राखेर कार्यान्वयन गरेको देखिएकाले त्यसलाई तुरुन्त सच्चाउन माग गरिएको छ ।
साथै, युनियनमा पनि शुद्धीकरण अभियानलाई प्रभावकारी बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यस्तै लुम्बिनी प्रदेशका विभिन्न सञ्चार माध्यममा कार्यरत श्रमजीवी पत्रकारहरुलाई आर्थिक संकटको बहानामा पारिश्रमिक नदिने, ‘फोर्स लिभ’ मा राख्ने, पूर्णकालीनबाट आंशिक बनाउने काम भएको गुनासो आएको भन्दै सम्बन्धित सञ्चारमाध्यमलाई त्यसो नगर्न सचेत गराइएको छ ।
यसै गरी, नेपाल प्रेस युनियनको केन्द्रीय समितिले घोषणा गरेको ‘पत्रकार प्रशिक्षण वर्ष २०८०’ पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । लुम्बिनी प्रदेशका महत्त्वपूर्ण धार्मिक, प्राकृतिक र सांस्कृतिक क्षेत्रहरुको प्रचारप्रसार, संरक्षण र संबद्र्धनमा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै मिडियामार्फत् पर्यटन प्रबद्र्धनको मुद्दालाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाइएको छ ।
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिको आयोजना तथा प्यूठान शाखाको आतिथ्यतामा भदौ २२ र २३ गते प्यूठानको स्वर्गद्वारीमा लुम्बिनी प्रदेशस्तरीय भेला र विस्तारित बैठक सम्पन्न भएको हो ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भेलाको उद्घाटन तथा विस्तारित बैठकको उद्घाटन नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गरेका थिए ।
प्रदेश अध्यक्ष सुदीप गौतमको अध्यक्षता एवम् केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यतामा भेला समापन भएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालयको प्रतिबद्धतापछि काठमाडौँबाट फर्किए सुस्तावासी
-
कार्गो जहाजमाथि सशस्त्र समूहको आक्रमण
-
हलमा छैनन् नेपाली फिल्म, विदेशी भने भरिभराउ
-
भवनमै सीमित बैतडीको ट्रमा सेन्टर, जनशक्ति अभाव
-
‘मोडल हन्ट नेपाल २०२६’को फाइनलमा ४२ प्रतियोगी भिड्ने
-
पश्चिम एसिया तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण