आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

कार्गो जहाजमाथि सशस्त्र समूहको आक्रमण

आइतबार, २१ असार २०८३, १५ : ५७
आइतबार, २१ असार २०८३

काठमाडौँ । यमनको लाल सागर तट नजिक यात्रा गरिरहेको एक कार्गो जहाजमाथि अज्ञात सशस्त्र समूहले आक्रमण गरेको सूचना प्राप्त भएको संयुक्त अधिराज्य समुद्री व्यापार सञ्चालन (यूकेएमटीओ)ले जनाएको छ।

यूकेएमटीओका अनुसार घटना यमनको अल हुदयदा बन्दरगाहबाट करिब ३० नौटिकल माइल (झण्डै ५५ किलोमिटर) दक्षिणपश्चिम क्षेत्रमा आइतबार भएको हो।

यूकेएमटीओले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको सूचनामा उक्त कार्गो जहाजले आफूहरू अज्ञात सशस्त्र व्यक्तिहरूको आक्रमणमा परेको भन्दै आपतकालीन सहायतासन्देश पठाएको जनाएको छ। 

घटनाबारे सम्बन्धित निकायहरूले अनुसन्धान गरिरहेका छन्। हालसम्म आक्रमण कसले गरेको हो भन्ने खुलेको छैन । साथै, यो घटना इरानसँग सम्बन्धित पछिल्लो क्षेत्रीय द्वन्द्वसँग जोडिएको हो वा होइन भन्ने पनि स्पष्ट भएको छैन।

हालै इरानले स्ट्रेट अफ बब एल–मनदेब बन्द गराउन सक्ने चेतावनी दिएको थियो।यो जलमार्ग यमन, जिबुटी र इरिट्रियाबिच अवस्थित छ र विश्व व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण समुद्री मार्ग मानिन्छ।

इरान समर्थित हुथी विद्रोही समूहले यमनको अधिकांश लाल सागर तटीय क्षेत्र नियन्त्रणमा राखेको छ । यसअघि पनि उक्त समूहले यस क्षेत्रबाट आवतजावत गर्ने व्यापारिक जहाजहरूलाई लक्षित गर्दै पटक–पटक आक्रमण गर्दै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप