आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित

आइतबार, २१ असार २०८३, १३ : ५०
आइतबार, २१ असार २०८३

बुटवल । प्रमुख प्रतिपक्ष तथा अन्य प्रतिपक्षी दलहरूले बैठक बहिष्कार गरेपछि लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठक आधा घण्टाका लागि स्थगित भएको छ।

आइतबार दिउँसो बसेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट धारणा राख्दै नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक इन्द्रजित थारुले प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि व्यक्त गरे।

उनले बजेट विभेदपूर्ण रहेको, प्रतिपक्षका सुझावलाई बेवास्ता गरिएको तथा जनताको आवश्यकता र प्राथमिकतालाई सम्बोधन गर्न नसकेको आरोप लगाए। बजेटप्रति असहमति जनाउँदै उनले बैठक बहिष्कार गर्ने घोषणा गरे।

थारुको धारणापछि प्रमुख प्रतिपक्षसहित अन्य प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरू बैठक कक्षबाट बाहिरिएका थिए। त्यसपछि सभामुख तुलाराम घर्तीमगरले सदनमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरे।

आजको प्रदेशसभा बैठकमा लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप