बीपी साहित्य महोत्सव : दोस्रो दिन के–के भयो ?
काठमाडौँ । बीपी साहित्य महोत्सवको सोमबार दोस्रो दिन विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
“बिपी साहित्य महोत्सव—२०८०” को दोस्रो दिन सोमबार बिहान “वीर गणेशमान” चलचित्र प्रदर्शन गरी कार्यक्रमको सुरुवात गरिएको हो ।
चलचित्रको प्रदर्शनपछि पहिलो सत्रमा भारतबाट आएका प्राध्यापक आनन्द कुमारले आफ्नो धारणा राखेका थिए । प्राध्यापक आनन्दले बिपी कोइराला नेपालकै परिभाषा बनेका बताए । उनले बीपी कोइरालाले गणेशमाान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्ण शम्शेर जस्ता साथी पनि पाएको बताए ।
प्राध्यापक आनन्दले मार्क्स, गान्धी र बिपीमा केही समानता रहेको समेत बताए । मार्क्स पुँजीवादविरुद्ध, गान्धी साम्राज्यवादविरुद्ध र बिपी कोइरालाले सामान्तवादका विरुद्ध लडेको उनले बताए ।
सत्रको अन्त्यमा कार्यक्रमका संयोजक एवं सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले उनलाई मायाको चिनो प्रदान गरेका थिए ।
सोमबारको कार्यक्रममा पाँच वटा शीर्षकमा सत्रहरू संचालन भएका थिए । दोस्रो सत्र “बिपीले नपाएका १५ वर्ष” को सहजीकरण पार्टीका महामन्त्री गगनकुमार थापाले गरेका थिए । वक्ताको रुपमा हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झा थिए भने लाइभआर्ट महेश आचार्यले गरेका थिए ।
“बिपीका आख्यानमा मधेस” शीर्षकको तेस्रो सत्रमा वक्ताका रुपमा नयनराज पाण्डे र संजीता वर्मा थिइन् भने सहजीकरण श्याम साहले गरेका थिए । उक्त सत्रमा लाइभआर्ट धनबहादुर याखाले गरेका थिए ।
त्यसैगरी, चौथो सत्र “अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी” रहेको थियो । सो सत्रमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पार्टीका केन्द्रीय सदस्य डा. नारायण खड्का, पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, इन्द्र अधिकारी वक्ताको रुपमा रहेका थिए भने सुधीर शर्माले सत्रको सहजीकरण गरेका थिए । रविन कोइरालाले लाइभ आर्ट गरेका थिए ।
यस्तै पाँचौ सत्र “युवा स्रष्टामा बिपी पठन” मा वुद्धिसागर, रामलाल जोशी, सरस्वती प्रतीक्षा र सुविन भट्टराई वक्ताका रुपमा रहेका थिए भने वसन्त बस्नेतले कार्यक्रमको सहजीकरण गरेका थिए । लाइभ आर्टमा जजुकाजी श्रेष्ठ गरेका थिए ।
यस्तै सोमबार साँझ गजल साँझको रुपमा रहेको थियो । करिब ३० जना गजलकारहरुले गजल प्रस्तुत गरेका थिए । यसको सहजीकरण इन्द्र लम्सालले गरेका थिए ।
विभिन्न सत्रहरुको बीचमा सांस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिएका थिए । पार्टीको केन्द्रीय कार्यालयमा आज राखिएको रक्तदान कार्यक्रममा ६६ जनाले रक्तदान गरेको कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
प्रमुख विश्वकर्माका अनुसार भोलि मंगलबार निर्धारित समयमा महोत्सवको कार्यक्रम सुरु हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण