बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रोयल इनफिल्डको सस्तो मोडल ‘हन्टर ३५०’ ४ लाख ५९ हजारमै उपलब्ध

मङ्गलबार, २६ भदौ २०८०, १७ : २३
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । विश्व प्रसिद्ध दुई पाङ्ग्रे सवारी रोयल इनफिल्डले नेपाली बजारमा सस्तो मोडल हन्टर ३५० सार्वजनिक गरेको छ । नाडा अटो शो, २०२३ को अवसर पारेर रोयल नेपालका लागि इनफिल्डको आधिकारीक बिक्रेता अल्फा अटोमोटीभले ४ लाख ५९ हजार रुपैयाँमा नै हन्टर ३५० सार्वजनिक गरेको हो ।

हन्टर ३५० को टप भेरियन्टको मूल्य ४ लाख ७९ हजार तोकिएको छ । यो हाल लोकप्रिय रोयल इनफिल्ड क्लासिक ३५० भन्दा कम मूल्यमा आएको हो ।

कम्पनीले हन्टर रेट्रो, हन्टर मेट्रो दुइ भेरियन्टमा उपलब्ध गराएको नयाँ मोडल विभन्न कलर अप्सन पाउन सकिन्छ ।

हन्टर रेट्रो यसको वेस भेरियन्ट हो । यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक पाउन सकिन्छ । बेस भेरियन्टमा बेसिक इन्स्ट्रमेन्ट क्लस्टर मात्रै छ ।

रोयल इनफिल्डले हन्टरमा पनि ३५० सीसी क्षमताकै इन्जिन दिएको छ । कम्पनीले मेटियर ३५० कै समान प्लेटफर्ममा हन्टर ३५० उत्पादन गरेको हो । रोयल इनफिल्डको नयाँ प्लेटर्फम जे सिरिजको इन्जिन हन्टरमा उपलब्ध छ ।

हन्टरमा रहेको ३४९ सीसीको सिंगल सिलिण्डर फ्यूल इन्जेक्ट एसओएचसी एयर एण्ड आयल कुल्ड इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ हर्सपावर र ४००० आरपीएममा २७ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यो इन्जिनसँग ५ स्पीडको गियरबक्स उपलब्ध छ ।

 

376432443_2633142076837932_2416843208968198784_n376541730_832014985089205_3053947333898840465_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप