सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सामुदायिक विद्यालय कर्मचारी संघको ७७ वटै जिल्लामा समिति गठन (सूचीसहित)

बिहीबार, २८ भदौ २०८०, ०७ : ३६
बिहीबार, २८ भदौ २०८०

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल सामुदायिक विद्यालय कर्मचारी संघको देशका सबै जिल्लामा तदर्थ समिति गठन गरिएको छ । संघका अध्यक्ष शशीकुमार केसीका अनुसार अहिले सबै जिल्लामा तदर्थ समिति गठन गरिएको छ । 

 केन्द्रले जिल्ला अध्यक्ष र सचिव तोकेको उनले बताए । सबै जिल्लामा तदर्थ समिति बनेकाले अब संघ शैक्षिक विषय र पेसागत हितमा केन्द्रित भएर अगाडि बढ्ने अध्यक्ष केसीले बताए । 

सामुदायिक विद्यालयमा रहेका लेखापाल, प्रशासन कर्मचारी र सहयोगी यो संघका आवद्ध छन् । हरेक विद्यालयमा प्रशासन, लेखा र सहयोगी कर्मचारी रहे पनि उनीहरूको स्थायी दरबन्दी नहुँदा उनीहरूले पाउनुपर्ने सेवासुविधा नपाएको केसीले बताए । महासचिव रतन कार्कीले सामुदायिक विद्यालयका कर्मचारीहरूले पनि अन्य निजामती कर्मचारीसरह सेवा सुविधा पाउनुपर्ने बताए । 

संघका अध्यक्ष केसी र महासचिव कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत पदाधिकारीसँग भेटेर सामुदायिक कर्मचारीका समस्याबारे जानकारी गराएका छन् ।  नेपाल शिक्षक संघसँग पनि यसबारे छलफल भएको अध्यक्ष केसीले बताए ।

12345

616

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप