बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

बझाङको मतगणना अन्तिम चरणमा, एमालेको अग्रता

सोमबार, १७ वैशाख २०८१, १३ : १४
सोमबार, १७ वैशाख २०८१

बझाङ । बझाङ–१ प्रदेश सभामा नेकपा एमालेले अग्रता कायम राखेको छ । २८ हजार ५६८ सदर मत गन्दा एमालेले ३४२ मतको अग्रता बनाएको हो । एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ११ हजार १०३ मत ल्याउँदा कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ७६१ मत ल्याएका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ७९७ मत तथा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१० मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप