बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सम्मेलनमा सहभागी विदेशीले जलविद्युतलाई महत्त्व दिएका छन् : मन्त्री बस्नेत

सोमबार, १७ वैशाख २०८१, १२ : ५६
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले लगानी सम्मेलनका क्रममा ऊर्जा क्षेत्रमा उल्लेखनीय उत्साह देखिएको बताएका छन् । रातोपाटीसँगको कुराकानीका क्रममा मन्त्री बस्नेतले सम्मेलनमा उपस्थित विश्वभरका लगानीकर्ताले नेपालको जलविद्युत, सोलार र वायु ऊर्जा क्षेत्रमा उत्साहपूर्ण सहभागिता जनाएको बताएका हुन् ।

उनले भने, ‘सम्मेलनमा सहभागिताका क्रममा विदेशी लगानीकर्ताले ऊर्जा क्षेत्रमा राम्रो चासो देखाएका छन् । ऊर्जा मन्त्रालय र मातहतका निकायले निरन्तर सहजीकरण गरिरहेका छन् । उनका अनुसार नेपाल सरकारले प्राथमिकतामा राखेको क्षेत्र जलविद्युतलाई लगानीकर्ताले उच्च प्राथमिकतामा राखेका छन् ।’

मन्त्री बस्नेतका अनुसार जलविद्युतसँग सम्बन्धित सेसनमा समेत लगानीकर्ताको बाक्लो उपस्थिति थियो । सो सेसनमा विदेशी लगानीकर्ताले चासोका साथ ऊर्जासँग सम्बन्धित परियोजनामा बसेको र लगानीको इच्छा देखाएका छन् । 

यद्यपि यतिबेलासम्म सम्मेलनका क्रममा कुनै पनि ऊर्जासँग सम्बन्धित सम्झौता सम्पन्न भएको छैन । लगानी बोर्डको कार्यालयले तयार पारेको परियोजनाको सूचीमा जलविद्युत, सोलार र वायु ऊर्जा तथा प्रशारणलाइनसँग सम्बन्धित योजना अधिकांश छन् ।

मन्त्री बस्नेतकाअनुसार सरकारले प्रस्तुतिका लागि राखेका ठूला जलविद्युत परियोजनामा सम्झौताको छलफल समेत भइरहेको छ । तर ती सम्झौताबाट प्रतिफल आउने वा नआउने भन्ने विषय अहिले नै टुङ्गो नलाग्ने मन्त्री बस्नेतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप