‘मेरो डान्स युनिर्भस’ विजेता खुसीले भनिन्, ‘सम्मानले थप कर्तव्यबोध गरायो’
काठमाडौँ । ‘मेरो डान्स युनिर्भस’की विजेता खुसी कार्कीले अवार्ड र सम्मानले थप कर्तव्यबोध गराएको बताएकी छन् । हिमालय मुभि प्रोडक्सन हाउसले आयोजना गरेको ‘नेपाल फेसन एण्ड इन्टरटेनमेन्ट अवार्ड २०२३’ मा ‘आइकोनिक डान्सिङ स्टार’ अवार्ड प्राप्त गरेकी कार्कीले उक्त खुसी सामाजिक संजाल मार्फत शेयर समेत गरेकी छन् ।
उनले लेखेकी छन्, ‘मलाई यो सम्मान दिनु भएकोमा आभारी छु । मलाई यस अवार्डको हकदार सम्झनु भएकोमा मेरो लागि यो सौभाग्य हो । यसले मलाई थप कर्तव्यबोध गराउँछ ।’ उनले आगामी दिनमा पनि राम्रो काम गर्ने बताएकी छन् ।
खुसीले केही अगाडि इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका आयोजक रहेको एक करोड राशी पुरस्कारको नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिर्भस’ जितेकी थिइन् । थाई नेपाली संघको सदस्य रहेकी कार्की थाइल्यान्डबाट प्रतियोगितामा सहभागी भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण