शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेतृत्वले आवश्यकताअनुसारको काम गर्न नसक्दा जनता आक्रोशित भए : झलनाथ खनाल

शुक्रबार, २९ भदौ २०८०, २० : १८
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेतृत्वले आवश्यकताअनुसारको काम गर्न नसक्दा जनता आक्रोशित बनेको बताएका छन् । 

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता नेतृत्वबाट काम नभएपछि विद्रोही हुँदै गएको र निराश भएको बताए । उनले सिंहदरबारमा आगो लगाउँछु भन्नेहरुलाई जनताले साथ र स्याब्बासी दिँदै आएको बताए । 

सम्मानित नेता खनालले देशको नेतृत्व अकर्मण्य भएको बताए  । समाजवादका भाषण गरेर मात्रै नहुने भन्दै उनले आम जनताको परिवर्तन गर्न जरुरी रहेको बताए । उनले नेतृत्वमा देखिएको विकृतिका कारण राप्रपा र रास्वपा पार्टीतिर जनताहरु आकर्षित हुन थालेको बताए ।

पूर्वप्रधानमन्त्री खनालले अहिले देखिएका सबै समस्यालाई समाधानतर्फ लैजाने भनेको समाजवाद मात्रै भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप