नेतृत्वले आवश्यकताअनुसारको काम गर्न नसक्दा जनता आक्रोशित भए : झलनाथ खनाल
शुक्रबार, २९ भदौ २०८०, २० : १८
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेतृत्वले आवश्यकताअनुसारको काम गर्न नसक्दा जनता आक्रोशित बनेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता नेतृत्वबाट काम नभएपछि विद्रोही हुँदै गएको र निराश भएको बताए । उनले सिंहदरबारमा आगो लगाउँछु भन्नेहरुलाई जनताले साथ र स्याब्बासी दिँदै आएको बताए ।
सम्मानित नेता खनालले देशको नेतृत्व अकर्मण्य भएको बताए । समाजवादका भाषण गरेर मात्रै नहुने भन्दै उनले आम जनताको परिवर्तन गर्न जरुरी रहेको बताए । उनले नेतृत्वमा देखिएको विकृतिका कारण राप्रपा र रास्वपा पार्टीतिर जनताहरु आकर्षित हुन थालेको बताए ।
पूर्वप्रधानमन्त्री खनालले अहिले देखिएका सबै समस्यालाई समाधानतर्फ लैजाने भनेको समाजवाद मात्रै भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण