सेयर बजार
साताको सेयर बजार– परिसूचक र कारोबार रकम दुवै बढ्यो
शनिबार, ३० भदौ २०८०, १२ : ०५
काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ७४ अंकको सुधार आएको छ । गत साताको विहीबार १९३२ अंकमा पुगेर थामिएको नेप्से यो साता निरन्तर बढ्दै २००७ अंकमा पुगेर रोकिएको हो ।
सातामा ४ दिन मात्रै कारोबार भएको नेप्से परिसूचक आइतबार १०.२३ अंकले बढेर बन्द भएको थियो । यसबाहेक, सोमबार ४४ अंकले बढेको थियो भने मंगलबार १९ अंक घटेर बन्द भएको थियो । यस्तै, अन्तिम कारोबार दिन बुधबार ३९ अंकले बढेर २००७ अंकमा पुगेर रोकिएको हो ।
यो साता नेप्सेमा ६ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन, प्रतिकारोबार दिन औषतमा १ अर्ब ५० करोड रुपैयाँ हुन आउँछ । साताको अन्तिम कारोबार दिन विहीबार भने सार्वजनिक विदा परेकाले कारोबार भएन ।
यो साता नेप्सेमा ४ करोड कित्ता सेयर सूचीकृत भएको छ भने शुभ्म पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण