एक महिनामै २ करोडको चुइगम आयात
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामै विदेशबाट २ करोड रुपैयाँभन्दा बढीको चुइगम आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउन महिनामै २ करोड १४ लाख रुपैयाँको चुइगम आयात भएको हो ।
यसबापत आयातकर्ताले राज्यलाई १ करोड ७२ लाख रुपैयाँ भन्सार राजश्व बुझाएका छन् । यस्तै, यस अवधिमा ४६ हजार ६५७ किलोग्राम चुइगम आयात भएको विभागको तथ्यांकले देखाएको छ ।
तथ्यांकअनुसार नेपालमा विश्वका ४ देशबाट चुइगम आयात हुने गरेका छन् । चुइगम आयात हुने केही देशको नाम भने खुलेको छैन । यस अवधिमा भारतबाट सबैभन्दा धेरै २ करोड ७ लाख रुपैयाँको चुइगम आयात भएको छ ।
यसबाहेक, बेलायतबाट २ लाख ७५ हजार रुपैयाँको चुइगम आयात भएको छ भने अमेरिकाबाट र क्यानडाबाट न्यूनमात्रामा चुइगम भित्रिएको तथ्यांक छ । यसबाहेक, नाम नखुलेको देशबाट ३ लाख ५४ हजार रुपैयाँको चुइगम भित्रिएको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण