सभामुख घिमिरे आयरल्याण्ड प्रस्थान
काठमाडौँ । सभामुख देवराज घिमिरे तीन सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइतबार साँझ आयरल्याण्ड प्रस्थान गरेका छन् ।
आइरिस संसदको तल्लो सदनडोयल एरियनका सभामुख सानओ फारगेलको निमन्त्रणामा सभामुख घिमिरे एक साताका लागि आयरल्याण्डको राजधानी डब्लिन प्रस्थान गरेका हुन् ।
सभामुखको भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई रहेका छन् । आयरल्याण्डमा नेपाली राजदूतावास, लन्डनका द्वितीय सचिव रामबाबु नेपाल प्रतिनिधि मण्डलमा सहभागी हुनेछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतम लगायतका उच्च अधिकारीले सभामुखको टोलीलाई बिदाइ गरेको थियो ।
भ्रमणका क्रममा सभामुख घिमिरेले तल्लो सदनडोयल एरियनका सभामुख सानओ फारगेल र माथिल्लो सदनसिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सभामुखले आयरल्याण्डमा रहँदा आइरिस सरकारका पदाधिकारीहरु तथा त्यहाँ बसोबास गर्ने नेपाली समुदायसँग पनि भेट्छन् ।
औपचारिक भ्रमण पूरा गरी सभामुख नेतृत्वको टोली असोज ७ गते नेपाल फर्कने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण