बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख घिमिरे आयरल्याण्ड प्रस्थान

आइतबार, ३१ भदौ २०८०, २२ : ००
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरे तीन सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइतबार साँझ आयरल्याण्ड प्रस्थान गरेका छन् ।  

आइरिस संसदको तल्लो सदनडोयल एरियनका सभामुख सानओ फारगेलको निमन्त्रणामा सभामुख घिमिरे एक साताका लागि आयरल्याण्डको राजधानी डब्लिन प्रस्थान गरेका हुन् ।  

सभामुखको भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई रहेका छन् । आयरल्याण्डमा नेपाली राजदूतावास, लन्डनका द्वितीय सचिव रामबाबु नेपाल प्रतिनिधि मण्डलमा सहभागी हुनेछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतम लगायतका उच्च अधिकारीले सभामुखको टोलीलाई बिदाइ गरेको थियो ।

भ्रमणका क्रममा सभामुख घिमिरेले तल्लो सदनडोयल एरियनका सभामुख सानओ फारगेल र माथिल्लो सदनसिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सभामुखले आयरल्याण्डमा रहँदा आइरिस सरकारका पदाधिकारीहरु तथा त्यहाँ बसोबास गर्ने नेपाली समुदायसँग पनि भेट्छन् ।

औपचारिक भ्रमण पूरा गरी सभामुख नेतृत्वको टोली असोज ७ गते नेपाल फर्कने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप