आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एक वर्ष पनि टिकेको थिएन अनुपम खेरको विवाह, अहिले कहाँ छिन् जेठी श्रीमती ?

मङ्गलबार, ०२ असोज २०८०, १४ : ५४
मङ्गलबार, ०२ असोज २०८०

अनुपम खेरले हालसम्म हिन्दी र साउथ गरी साढे पाँच सय भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनलाई बलिउडका मात्रै होइन, भारतीय सिनेमाका उत्कृष्ट अभिनेता मानिन्छ । उनको फिल्मी करियर ४ दशकभन्दा पनि बढीको भइसकेको छ । उनको पछिल्लो हिट फिल्म ‘द कश्मीर फाइल्स’ र ‘उँचाइ’ हुन् । 

अनुपम खेरबारे थाहा पाउन धेरै मानिस उत्सुक हुन्छन् । उनको निजी जीवनको कुरा गर्ने हो भने उनकी श्रीमती किरण खेर हुन् भने उनका एक छोरा पनि छन् जसको नाम सिकन्दर खेर हो । कतिलाई थाहा नहोला कि किरण अनुपमकी दोस्रो श्रीमती हुन् । 

anupam kher1यस्तै किरणको पनि अनुपमसँग दोस्रो विवाह हो । सिकन्दर खेर, किरणका जेठो श्रीमान्का छोरा हुन् । यहाँ हामी तपाईंलाई अनुपमकी जेठी श्रीमतीबारे जानकारी दिँदै छौँ । अनुपम खेर र उनकी जेठी श्रीमतीको विवाह एक वर्ष पनि टिक्न सकेको थिएन । जेठी श्रीमतीसँग अलग्गिएको ६ वर्षपछि अनुपमले किरणसँग दोस्रो विवाह गरेका थिए । अनुपमकी जेठी श्रीमतीको नाम के हो ? अब उनी कहाँ छिन् र के काम गरिरहेकी छिन् भन्ने जानकारी लिऔँ । 

anupam kher2अनुपम खेर र किरण रावको विवाह भएको ३८ वर्ष बितिसकेको छ । अनुपम झैँ किरण पनि उत्कृष्ट कलाकार हुन् । उनले थुप्रै ठुला फिल्ममा काम गरेका छन् । यसबाहेक उनी भाजपा सांसद पनि हुन् । 

किरण खेरका जेठो श्रीमान् गौतम बेरी थिए । यी दुईको विवाह ६ वर्षसम्म टिक्यो । सन् १९८१ मा किरणले छोरा सिकन्दरलाई जन्म दिइन् । छोरा जन्मिएको चार वर्षपछि अर्थात् सन् १९८५ मा यी दुई अलग्गिए । यसै वर्ष उनले अनुपमसँग विवाह गरिन् र उनीहरू अहिलेसम्म सँगै छन् । 

madhumaltiयस्तै, अनुपम खेरले सन् १९७९ मा मधुमालती कपुरसँग प्रेम विवाह गरेका थिए । मधुमालती र अनुपम दुवै नेशनल स्कुल अफ ड्रामा अर्थात् एनएसडीका पास आउट हुन् । यी दुई कलेजदेखि नै प्रेममा थिए । प्रेमलाई विवाहमा परिणत गर्नका लागि उनीहरुले घरका सदस्यलाई मनाए त्यसपछि यी दुईको विवाह भयो । 

madhumalti1यद्यपि, अनुपम खेर र मधुमालती कपुरको विवाह एक वर्ष पनि टिक्न सकेन । दुई सन् १९७९ मा अलग्गिए र अभिनयमा करियर बनाउन थाले । यद्यपि, अनुपमसँग विवाह भएपछि उनले लेखक–निर्देशक रञ्जित कपुरसँग विवाह गरिन् । 

यद्यपि, मधुमालती कपुर र रञ्जित कपुरको विवाह पनि लामो समयसम्म चल्न सकेन र यी दुई अलग्गिए । उनी हाल एक्लो जीवन बिताइरहेको छिन् । सोसल मिडियामा आफ्ना फोटो र भिडियो सेयर गर्ने गर्छिन् । 

madhumalti2मधुमालती फिल्मी दुनियाँमा पनि सक्रिय छिन् । अन्तिम पटक उनलाई ‘ब्रह्मास्त्रः द शिवा’ मा देखिएको थियो । यसअघि उनले ‘एक लडकी को देखा तो ऐसा लगा’, ‘दे दे प्यार दे’, ‘सोनू के टीटू की स्वीटी’, ‘गदर–एक प्रेम कथा’ समेत थुप्रै फिल्ममा सहायक भूमिका निभाएकी छिन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप