आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने सन्देश नयाँ पुस्तामा पुर्‍याउन आवश्यक: राष्ट्रपति

मङ्गलबार, ०२ असोज २०८०, १७ : २९
मङ्गलबार, ०२ असोज २०८०

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताएका छन् । 

मंगलवार भक्तपुरमा गणेशमान सिंहको प्रतिक अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले राष्ट्र निर्माणको लागि जीवन समर्पण गर्ने आदर्श त्याग र निष्ठावान् नेता गणेशमानको सन्देश वर्तमान र भावी पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताए । उनले गणेशमान सिंह सबैको सर्वमान्य नेताको रुपमा मानेको नेता भएको बताए । 

पौडेलले सिंहले राजनीतिलाई सत्ता र शक्तिको साधन नभएको भन्दै राजाले प्रधानमन्त्री बन्नु भन्दा समेत अस्वीकार गरेको स्मरण गरे । उनले प्रतिक सहितको गणेशमान पार्कले उनको आदर्शपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पुर्‍याउने विश्वास लिएको बताए । राष्ट्रपति पौडेलले गणेशमानको साथ र सामिप्यता आफ्नो राजनीतिक जीवनमा पनि पाएको स्मरण गरे । उनले गणेशमानको सामिप्यताले आफूलाई पनि सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको बताए । 

पौडेलले लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यम मात्रै होइन जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाएको बाटोमा हिँड्नसक्नु उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । उनले गणेशमान जस्तो महापुरुषको नाममा स्थापना गरिएको १७५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कले व्यस्थ जीवन शैलीका उपत्यका बासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्त स्थल बन्नसक्ने बताए । उनले गणेशमान पार्कलाई नेपालमा आउने पर्यटकहरूलाई नेपालको जानैपर्ने एउटा ठाउँ बनाउने गरी विकास गर्न आग्रह गरे । 

उनले भने, ‘गणेशमान सिंहलाई म सर्वमान्य नेताको रुपमा मान्छु । नेपालमा एउटा नेता गणेशमान सिंह हो । एक पटक सम्पूर्ण नेपालीले नेता माने । वामपन्थि र काँग्रेस नभनि सबैले मानेको नेता उहाँ नै हो । राजनीतिलाई सत्ता र शक्तिको साधन होइन । राष्ट्र निर्माणको लागि जीवन सर्मपण गर्ने आदर्श त्याग र निष्ठाको निस्काम कर्महरु भनेर प्रमाणित गर्ने गणेशमानको सन्देश हामीले वर्तमान र भावी पुस्तासम्म पुर्‍याउन सक्नुपर्छ । वाटिकाले गणेशमानको आदर्शपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पुर्‍याउँछ । उहाँको साथ र समिप्यता मेरो राजनीतिक जीवनमा पनि पाए । त्यसले मलाई सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको छ । लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यम मात्रै होइन । जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाउनुभएको बाटोमा हिँड्नसक्यौं भने मात्रै उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुनेछ । यस्ता महापुरुषको नाममा स्थापना गरिएको १७५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कले व्यस्थ जीवनशैलीका उपत्यका बासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्त स्थल बन्नसक्ने मैले देखेको छु । नेपालमा आउने पर्यटकहरूलाई नेपालको जानै पर्ने एउटा ठाउँ बनाउने गरी विकास गर्नुहोला ।’

राष्ट्रपति पौडेलले भक्तपुरबासीको लागि गणेशमान सिंहको प्रतिक र पार्क स्थापना गर्नु भाग्यको कुरा भएको बताए । उनले गणेशमान सिंह पार्कले भक्तपुरको भाग्य कोर्न मद्दत गर्ने बताए । उनले पार्कले भक्तपुरको पर्यटन विकासलाई महत्वपूर्ण योगदान गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप