संविधानले दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्ने मार्ग रेखा कोरेको छ : प्रदेश प्रमुख शर्मा

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने मार्ग रेखा कोरेको बताएका छन् । संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा उक्त आकाङ्क्षाहरू संविधानमार्फत कोरिएको बताए ।
संविधानले परिकल्पना गरेको विकास र समृद्धिको शिखरमा पुग्ने अभियानमा निरन्तर अघि बढ्न संविधान दिवसले प्रेरित गरेको बताए ।
'संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा बाँध्ने काम गरेको छ ।' उनले भने,'नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानपछि जननिर्वाचित प्रतिनिधिहरुले संविधान निर्माण गरी जारी गरेको ऐतिहासिक आश्विन ३ गते रहेकाले यो दिनलाई भरपुर उत्साह र उमङ्गका साथ ‘संविधान दिवस’ का रूपमा मनाई रहेका छन् ।'
प्रमुख शर्माले संविधान दिवस सम्पूर्ण नेपालीहरूले राष्ट्रिय पर्वका रूपमा मनाउने गरिएको बताए । लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने सङ्कल्पसहित संविधान जारी भएको उनको भनाई छ ।
'जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार,आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायत संविधानले गरेको छ । जनजीविकाको लागि अपरिहार्य शिक्षा, स्वास्थ्य र रोजगारीको हकसहित ३१ वटा मौलिक हकको व्यवस्था गरी नागरिकहरूलाई यो संविधानले अधिकार सम्पन्न बनाएको छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजा दहमा बन्यो पर्यटकीय पूर्वाधार
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध