बीपी साहित्य महोत्सवको अन्तिम दिनमा आज के–के हुन्छ ?
काठमाडौं । नेपाली कांग्रेसले स्थगन गरेको बीपी साहित्य महोत्सवको तेस्रो दिनको कार्यक्रम आज हुने भएको छ । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले रोकिएको महोत्सवको कार्यक्रम आज हुन लागेको बताए ।
कांग्रेसले भदौ २४ र २५ गते दुई दिनको कार्यक्रम सम्पन्न गरेपछि संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण तेस्रो दिनको कार्यक्रम स्थगन गरेको थियो । आजको कार्यक्रम बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।
अघिल्ला कार्यक्रम पार्टी कार्यालयको प्राङ्गणमा भएकोमा आजको कार्यक्रम भने कार्यालय भवनको हलमा हुने छ । साँझमा हुने गरी यसअघि तय गरिएको सांगीतिक साँझ कार्यक्रम भने तालिकाबाट हटाइएको छ ।
तेस्रो दिन बीपीको समाजवादी परिकल्पनामा शिक्षामा कि नोट स्पिच, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, समय र सबाल्टर्न, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपी र बीपीको विचार, आजको संविधान र अबको बाटो सेसन रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण