शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
संविधान दिवसको अवसरमा बागमती सरकारको  प्रभातफेरी (तस्बिरहरु)
सन्दर्भः संविधान दिवस

संविधान दिवसको अवसरमा बागमती सरकारको  प्रभातफेरी (तस्बिरहरु)

बुधबार, ०३ असोज २०८०

काठमाडौँ । संविधान दिवस २०८० को अवसरमा बागमती प्रदेश सरकारद्वारा प्रभातफेरी गरिएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहितको उपस्थितमा हेटौँडाको बुद्ध चोकबाट प्रभातफेरी निकालिएको हो ।

बुद्ध चोकबाट सुरु भएको प्रभातफेरी पिपल बोट, चौकिटोल ओरालो, मानसचोक हुँदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । प्रभातफेरीमा प्रदेशका मन्त्री तथा सचिव, कर्मचारी विभिन्न सङ्घ संस्था लगायतको उपस्थिति रहेको थियो ।

प्रभातफेरीमा सुरक्षा निकायले व्याण्डबाज प्रस्तुत गरेका थिए भने सामाजिक सङ्घ संस्थाले पञ्चेबाजा संस्कृतिका झाकीहरु प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया