सशस्त्रले गर्यो रातको २ बजे बागमती नदीबाट एक व्यक्तिको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले गए राति २ बजे बागमती नदीबाट एक व्यक्तिको सकुशल उद्धार गरेको छ । काठमाडौँको दक्षिणकाली नगरपालिका – ८ कटुवाल दह स्थित बागमती नदी किनारबाट सोही वडाका सिम्पानी राई टोल बस्ने ४० वर्षका रामबहादुर लामाको उद्धार गरिएको हो ।
पानीको बहाव कम भएको बेला नदी पारी गएका लामा बहाव बढेसँगै वारि आउन नसकी नदी किनारको पहरामा फसेका थिए । सो बारे खबर पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरूङकाे कमान्डमा ९ जना र सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण कीर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष केसीको कमान्डमा गएको १५ जना सहितको सुरक्षा फौजले रातको समयमा उनको सकुशल उद्धार गरेको हो ।
मोटरबोट सहित गएको फौजले रोप रेस्क्यु र अन्य विधिको प्रयोग गरी उद्धार गरेपश्चात् लामालाई आफन्तको जिम्मा लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी