भारतमा निसास्सिएर चार नेपालीको मृत्यु
बैंग्लुरु । भारतको बैंगलुरुमा निसास्सिएर ४ जना नेपाली कामदारको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार डोडाबेलाभांगालामा अवस्थित एक पोल्ट्री फर्ममा काम गर्ने उनीहरू एकै परिवारका थिए ।
मृत्यु हुनेमा ६० वर्षीय काले सरेरा, ५० वर्षीया लक्ष्मी सरेरा, ४० वर्षीया उषा सरेरा र १६ वर्षीया फूल सरेरा रहेका छन् । प्रहरीका अनुसार उनीहरू केही हप्ता अघि मात्र नेपालदेखि त्यहाँ पुगेका थिए ।
उक्त परिवारलाई पोल्ट्री फार्म नजिकै एउटा सानो झुपडी बनाइएको थियो । त्यहाँ उनीहरूले टिनको भाडामा काठ बालेर लामखुट्टे भगाउन धुवाँ पारेका थिए । तर, उक्त झुपडीमा भेन्टिलेसन राम्रो नभएका कारण अक्सिजनको कमी उनीहरूको मृत्यु भएको जानकारी दिइएको छ ।
यो घटना गत आइतबार बिहान पत्ता लागेको हो । पोल्ट्रीका मालिकले फोन गर्दा नउठेपछि उनले छिमेकीलाई त्यहाँ के भएको हो भनेर हेर्न पठाएका थिए । छिमेकीले घरमा हेर्दा उनीहरू सुतेकै अवस्थामा मृत देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले मृत्युको वास्तविक कारण पत्ता लगाउन पोस्टमार्टम भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण