यू- १९ साफ च्याम्पियनसिपको पहिलो खेलमा भारतले बंगलादेशलाई हरायो
काठमाडौँ । यू—१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भारतले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा भारतले बंगलादेशलाई ३—० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
खेलको प्रारम्भदेखि नै भारतले बंगलादेशलाई दबाबमा राखेको थियो । पहिलो हाफमा दुई गोल गरेको भारतले दोस्रो हाफमा एक गोल थपेको थियो । समूह ‘बी’ अन्तर्गतको उक्त खेलमा भारतका लागि पहिलो गोल जी। गोभर्भले गरेका थिए । उनले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेका थिए ।
यसैगरी दोस्रो गोल पहिलो हाफको इन्जुरी समयमा नाओबा मेइतेईले गरेका थिए । टोलीका लागि तेस्रो गोल भने दोस्रो हाफको अन्तिम समयमा अर्जुनसिंह ओइनामले गरेका थिए । साफमा च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहेको । समूह ‘बी’ मा तेस्रो टोलीको रुपमा भुटान रहेको छ ।
समूह ‘ए’ मा भने आयोजक नेपाल, माल्दिभ्स र पाकिस्तान रहेका छन् । नेपालले आफ्नो पहिलो खेल बिहीबार साँझ पाकिस्तानसँग खेल्दैछ । प्रत्येक समूहबाट दुई—दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
-
इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
-
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
-
सामाजिक सञ्जालमा सुनचाँदी र नगदको ‘रिल्स’ बनाउनु पर्यो महँगो, चोरले घरमै पुगेर लुटे लाखौँको सम्पत्ति
-
चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
-
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण