प्रगतिशील पुरस्कारबाट ४ स्रष्टा सम्मानित
काठमाडौँ । प्रगतिशील लेखक संघ नेपालले शुक्रवार आफ्नो ७२ औँ स्थापना दिवसको अवसरमा ४ जनालाई स्रष्टालाई सम्मान गरेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा प्रलेस श्यामप्रसाद स्मृति पुरस्कार धरानकी कवि कुन्ता शर्मालाई, प्रलेस प्रतिभा पुरस्कार जुम्लाका नरेश भण्डारीलाई, प्रलेस बाल साहित्य पुरस्कार भैरहवाका प्राडा कपिल लामिछानेलाई तथा प्रलेस युवा प्रतिभा पुरस्कार दाङदेउखुरीका गुरुप्रसाद कुमाल ‘बुलबुल’लाई प्रदान गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले स्रष्टाहरुलाई सम्मानित गरेका हुन् । साथै, मन्त्रीले संघको प्रलेस पत्रिकाको २८ औँ अङ्क पनि विमोचन गरे ।

सो अवसरमा मन्त्री किराँतीले भने, ‘आज घर र टोल टोलमा थुप्रै संघ संस्था र प्रतिष्ठान खुलेका छन् । तर, २००९ सालमा खुलेको प्रलेसको आफ्नो छुट्टै ऐतिहासिक पहिचान छ । यसले नेपालका कम्युनिष्ट पार्टीहरुलाई एकजुट तुल्याउन भूमिका खेल्नेछ ।’
कार्यक्रममा प्रलेस अध्यक्ष डा मधुसूदन गिरी, पुरस्कृत स्रष्टाका तर्फबाट कवि कुन्ता शर्मा, सल्लाहकार प्राडा जीवेन्द्रदेव गिरी लगायतले आआफ्नो विचार प्रस्तुत गरेका थिए । २००९ साल असोज ५ गते श्यामप्रसाद शर्माको नेतृत्वमा प्रलेस स्थापना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण