नेप्से परिसूचक ५.८९ अंकले गिरावट
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ ।
आईतवार १९.४२ अंक गिरावट आएको नेप्से परिसूचक सोमवार ५.८९ अंकले घटेर २००४.४५ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.९४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.४२ अंक र सेन्सेटिभ इण्डेक्स ०.७३ अंकले घटेको छ ।
सोमवार कारोबारमा आएका २८४ कम्पनीको ६५ लाख १६ हजार कित्ता शेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आईतवारको तुलनामा सोमवार कारोबार रकममा पनि गिरावट आएको छ । आईतवार २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने दुई उपसमूहको परिसूचक बढेको छ । जसमा जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ । त्यस्तै,लगानी उपसमूहको परिसूचक ०.९५ प्रतिशत घट्दा बाँकी अन्य उपसमूहरुको परिसूचक ०.९५ प्रतिशत भन्दा कमले गिरावट आएको छ ।
सोमवार नेप्से परिसूचकमा गिरावट आएपनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा माई खोला हाइड्रोपावर, एशियन हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर यता शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सोमवार सन नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति
-
प्रदेशसभामा ज्ञानबहादुरले राखे तामाङ भाषामा मन्तव्य
-
सङ्गठन निर्माणमा घनश्यामले देखेका ११ चुनौती (पूर्ण पाठसहित)
-
सरकारको स्थायित्व खोज्न नेतृत्वले आचरण परिवर्तन गर्नुपर्छ : प्रदीप पौडेल
-
उच्च अदालत अगाडि सुरक्षा व्यवस्था कडा, भिडभाड गर्न रोक
-
राजधानीका सवारी ट्रायल सेन्टर मापदण्ड विपरीत चलिरहेको सतर्कता केन्द्रको ठहर