शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

स्थानीय तहलाई अधिकार दिन कन्जुस्याइँ गर्नु हुँदैन : राष्ट्रपति पौडेल

सोमबार, ०८ असोज २०८०, १८ : ००
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहलाई अधिकार सम्पन्न हुन नदिइएको बताएका छन् ।  

सोमबार महेन्द्रनारायण निधी मिथिला सांस्कृतिक केन्द्र भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले संघीयतालाई कार्यान्वयनमा लैजान नसकिएको बताए । उनले संघ, प्रदेश र पालिकाहरु सबैलाई अधिकारको बाँडफाँट मिलाएर जानुपर्ने चुनौती रहेको बताए । 

राष्ट्रपति पौडेलले स्थानीय तहलाई नियन्त्रित गरेर अधिकार दिने गरिएको भन्दै स्थानीय तहलाई अधिकार दिन कन्जुस्याइँ गर्नु नहुने बताए । उनले जनतालाई अधिकार दिने कुरामा कुनै कन्जुस्याइँ गर्न नहुने बताए । उनले संघीयताअनुसार अधिकार दिन शीर्ष तीन दलका नेताहरुसँग आफूले आग्रह गर्ने पनि बताए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गरेको थियो । उपमहानगरपालिका मेयर मनोज साहले उनलाई नागरिक अभिनन्दनसहित मायाको चिनो दिएर स्वागत समेत गरेका थिए । यस्तै प्रतिनिधिसभा सदस्य जुली महतो र मुख्यमन्त्री सरोजकुमार यादव समेतले उहाँलाई मायाको चिनो दिई सम्मान गरेका थिए । यसअघि राष्ट्रपति पौडेलले सोमबार बिहान जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप