सिरियामा दोहोरो झडपमा २५ जनाको मृत्यु
बेरुत । सिरिया सरकारप्रति वफादार लडाकू समूह र पूर्वी सिरियाको अरब जिल्लामा कुर्द नेतृत्वको सेनाबीच भीषण झडप भएको छ । दुई दिनसम्म भएको झडपमा २५ जनाको मृत्यु भएको युद्ध पर्यवेक्षक एक संस्थाले मङ्गलबार बताएको छ ।
वासिङ्टनको समर्थन पाएको कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) ले सोमबार सुरु भएको झडपमा देइर एजोर प्रान्तको धेबान क्षेत्रमा घुसपैठ गरेका बन्दुकधारीहरूलाई परास्त गरेको बताएको छ ।
यसै महिनाको प्रारम्भमा सोही क्षेत्रमा एसडीएफ र सशस्त्र अरब जनजातिबीच १० दिन झडप भएको थियो । उक्त झडपमा ९० जनाले ज्यान गुमाएका थिए ।
बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सिरिया सरकार समर्थक लडाकुहरूले युफ्रेटिस नदी पार गर्दा पछिल्लो झडप भएको बताएको छ ।
झडपमा २१ जना दमास्कसका वफादार र तीन जना एसडीएफ लडाकुले ज्यान गुमाएका उक्त संस्थाले बताएको छ ।- (रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण