शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पूर्वप्रधानमन्त्री खनालको प्रस्टीकरण : पार्टी विभाजन गरेर म एमाले जान्नँ

बुधबार, १० असोज २०८०, ११ : ०४
बुधबार, १० असोज २०८०

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी विभाजन गरेर एमालेमा नजाने स्पष्ट पारेका छन् ।  पार्टीभित्र तीव्र मतभेदकाबीच खनाल एमाले फर्किन लागेको प्रचार बदनियतपूर्ण भएको र यसमा कुनै सत्यता नभएको उनले स्पष्ट पारेका हुन् । 

‘एमालेमा जान लागेको प्रचार भएको मैले पाएँ । यो एकदमै बदनियतपूर्ण कुरा हो । एमालेमा जाने कुनै सम्भावना छैन । पार्टी विभाजन गरेर एमाले जाने कुरा मबाट हुँदैन’, रातोपाटीसँग उनले भने । पार्टी एकीकरण विचार, नीति, सिद्धान्त मिलेर मात्र हुन्छ भन्दै उनले तत्काल एमालेसँग एकीकृत हुने प्रश्नै नभएको जिकिर गरे । तर, एमालेसँग कार्यगत एकता हुन सक्ने भन्दै खनालले वामपन्थीबिच कार्यगत एकता हुनु स्वाभाविक भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप