नेल्सन मण्डेलाकी नातिनीको निधन
बुधबार, १० असोज २०८०, १४ : ३०

जोहानेसबर्ग । नेल्सन मन्डेलाकी नातिनी जोलेका मन्डेलाको क्यान्सरका कारण ४३ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारको प्रवक्ताले मंगलबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
‘जोलेकाले सोमबार साँझ परिवार र साथीहरूको बिच अन्तिम श्वास लिइन्,’ उनको सामाजिक सञ्जाल इन्सटाग्राममा सेयर गरिएको सन्देशमा लेखिएको छ । यसअघि उनले सामाजिक सञ्जालमा क्यान्सरसँग आफ्नो लडाइँको बारेमा जानकारी दिएकी थिइन् ।
नेल्सन मन्डेला फाउन्डेसनले पनि एक वक्तव्य जारी गर्दै जोलेकाको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । सन् २०१० मा उनकी छोरी १३ वर्षीया जेनानीको कार दुर्घटनामा निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना
-
कानुनी सहायतासम्बन्धी सम्मेलन भारतमा सम्पन्न : नेपालका प्रधानन्यायाधीशसहित सहभागी
-
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई
-
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका मुख्य समाचार
-
विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ