एमाले अधिवेशन
एमाले बागमती अधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशित, अध्यक्षमा ढुङ्गेल र दाहालबीच प्रतिस्पर्धा (सूचीसहित)
शुक्रबार, १२ असोज २०८०, ०८ : ४९
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ ।
बिहीबारको मितिमा शुक्रवार बिहान प्रकाशित अन्तिम नामावलीमा अध्यक्षका दुईजना मात्र उम्मेदवार मैदानमा छन् । अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलमात्र प्रतिस्पर्धामा उत्रेका छन् ।
त्यसैगरी एक उपाध्यक्ष पदका लागि ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला गरी चार जना मैदानमा छन् । प्रदेश सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुने भएको छ । दुई उपसचिवका लागि १० जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आज बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिए पनि उम्मेदवारको सूची प्रकाशित गर्न ढिला भएपछि अव सम्भवतः ११, १२ बजेपछि मात्र मतदान सुरु हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीको भनाइ छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण