शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
फोटोफिचर

तस्बिरमा हेर्नुस् च्यासलमा एमाले बागमती प्रदेशको मतदान

शुक्रबार, १२ असोज २०८०, १३ : ५०
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेशमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।  शुक्रबार साढे ११ बजेबाट सुरु हुने भनिएका मतदान झण्डै दुई घण्टा ढिलोगरी मतदान सुरु भएको हो । 

एमाले पार्टी कार्यालय च्यासलमा नयाँ नेतृत्व चयनका लागि मतदान भएको हो । प्रदेश अधिवेशनमा एमालेले ४० वटा विद्युतीय मेसिन मतदानमा प्रयोग गरेको छ ।  बागमती प्रदेश अध्यक्ष पदका लागि रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहाल अघोषित प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रेका छन् । सचिवमा नवराज सिलवाल र हस्त पण्डित रहेका छन् । 

bagmati-uml (1)

ढुंगेल पक्षबाट उपाध्यक्षमा बागमती प्रदेशका पुर्वमन्त्री दावादोर्जे लामा, सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित चुनावी मौदानमा छन् । ढुंगेलको प्यानलबाट उपसचिवतर्फ ललितपुरका प्रेमबहादुर महर्जन, काभ्रेकी गीता गौतम रहेको प्रतिनिधिहरुले बताएका छन् । त्यसैगरी दाहाल पक्षबाट उपाध्यक्षमा नुवाकोटका पूर्वसांसद नारायणप्रसाद खतिवडा, सचिवमा ललितपुरका पूर्वसांसद नवराज सिलवाल उम्मेदवार बनेका हुन भने उपसचिवमा खुलातर्फ सिन्धुलीका खड्गबहादुर खत्री र महिलामा काभ्रेकी भक्तकुमारी लामा उम्मेदवार छन् ।

bagmati-uml (2)

चितवन, सिन्धुपाल्चोक,काभ्रे, रसुवामा सर्वसम्मत भएका छन् । ९ जिल्लामा आंशिक निर्विरोध भएको नेता शेरबहादुर तामाङले जानकारी दिए । एक अध्यक्ष, एक उपाध्यक्ष, सचिव १ र २ उपसचिव पदाधिकारी र २४० सदस्य जनाको नयाँ कमिटीका लागि निर्वाचन भएको हो ।

तस्बिरहरु :

uml-bagmati (1)uml-bagmati (2)uml-bagmati (3)uml-bagmati (4)uml-bagmati (5)uml-bagmati (6)uml-bagmati (7)uml-bagmati (8)uml-bagmati (9)uml-bagmati (10)uml-bagmati (11)uml-bagmati (12)uml-bagmati (13)uml-bagmati (14)uml-bagmati (15)uml-bagmati (16)uml-bagmati (17)uml-bagmati (18)uml-bagmati (19)uml-bagmati (20)bagmati-uml (1)bagmati-uml (2)bagmati-uml (3)bagmati-uml (4)bagmati-uml (5)bagmati-uml (6)bagmati-uml (7)bagmati-uml (8)bagmati-uml (9)bagmati-uml (10)bagmati-uml (11)bagmati-uml (12)bagmati-uml (13)bagmati-uml (14)bagmati-uml (15)bagmati-uml (16)

bagmati-uml (3)bagmati-uml (4)bagmati-uml (5)bagmati-uml (6)bagmati-uml (7)bagmati-uml (8)bagmati-uml (9)bagmati-uml (10)bagmati-uml (11)bagmati-uml (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप